• २०८१ बैशाख ८ शनिबार

मेसीको नजरमा यी दुई देशले दिन सक्छन् विश्वकपमा अर्जेन्टिनालाई चुनौती

kharibot

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फ्रान्स र ब्राजिल विश्वकपमा ठुलो चुनौती हुनसक्ने बताएका  छन् ।

हालै दिएको एक अन्तर्वार्तामा मेसीले फ्रान्स र ब्राजिल कतार विश्वकपमा राम्रो टिम लिएर जान लागेकोले यी दुई टिम चुनौती हुनसक्ने बताएका हुन् ।

पत्रकार जर्ज भालडानोलाई दिएको अन्तर्वार्तामा मेसीले भनेका छन्- फ्रान्स धेरै राम्रो छ । उनीहरुका केहि खेलाडी घाइते भएपनि विपक्षीलाई चुनौती दिने खेलाडी टिममा छन् । फ्रान्ससँग टप खेलाडी र प्रशिक्षक छन् । यहि समुहले पछिल्लो विश्कप पनि जितेको थियो ।'

मेसीले कतार विश्वकपमा ब्राजिल पनि बलियो टिम भएको टिप्पणी गरेका छन् । मेसीले भनेका छन्- 'ब्राजिल पनि राम्रो खेलाडी भएको टिम हो । खास गरी ब्राजिलसँग राम्रो नम्बर ९ खेलाडी नेइमार छन् ।'

मेसीले यस विश्वकप खेल्ने अर्जेन्टिनाको टिम पनि उत्कृष्ट रहेको बताउदै अहिले आफुहरुले विश्वकपको धेरै पछाडीका खेलको बारेमा नसोचेको अन्तर्वार्तामा बताएका छन् ।

सम्भवत: अन्तिम विश्वकप खेलिरहेका मेसीले अर्जेन्टिनाको टिमको बारेमा भनेका छन्- 'हाम्रो टिममा पनि राम्रा खेलाडी रहेका छन् । सेन्ट्रल मिडफिल्डर जियोभानी लो सेल्सो दुर्भाग्यवस घाइते भए । तर अन्य खेलाडी टिममा आएका छन् । हामी लड्ने छौं । तर अहिले हाम्रो ध्यान पहिलो खेल जित्नुमा रहेको छ ।'

कतार विश्वकपमा समुह सी मा रहेको अर्जेन्टिनाले आफ्नो पहिलो खेल नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै