पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

खरीबोट
ad

काठमाडौँ  । हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । 

भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले बताए ।

पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए । 

लाम व्यवस्थित गरिएकाले गौशाला–चाबहिल सडक खुला रहेको छ । बिहान ८ बजेसम्म करिब एकलाख ५० हजार दर्शनार्थीले मन्दिर दर्शन गरिसकेका छन् । आज पशुपतिमा विशेष पूजाको कार्यक्रम राखिएको छैन । पशुपति प्रवेशमा कुनै पनि पासको पनि व्यवस्था नगरिएको निर्देशक सिटौलाले बताए । 

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ । 

सम्बन्धित समाचार

पशुपतिनाथमा भक्तजनको भीड, मन्दिरका चारै ढोका खोलियो 

काठमाडौँ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ ।  दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने

पशुपतिनाथ मन्दिरमा भक्तजन !

काठमाडौँको पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार पूजाआजा गर्दै भक्तजनहरु । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको

पशुपतिनाथ मन्दिरमा सुनको जलहरि राख्न तयारी शुरु

काठमाडौँँ । विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने भएको छ ।  पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले सुनको

धार्मिक पर्यटक बढाउन ‘श्री पशुपतिनाथ महोत्सव’

काठमाडौँ ।   पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ ।  पशुपतिनाथ महोत्सव मूल समारोह समितिले