• २०८१ बैशाख ६ बिहीबार

५० बर्षपछि चन्द्रमा तर्फ नासाको नजर, आर्टेमिस १ को तेस्रो प्रयासमा लन्च

kharibot

तस्बीर: नासा

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको न्यू मून रकेटले बुधबार बिहान तीनवटा परीक्षण डमीहरू लिएर पहिलो उडान गरेको छ । यसले अमेरिकालाई ५० वर्षअघि अपोलो कार्यक्रमको अन्त्य गरेपछि पहिलो पटक चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीहरू पठाउने प्रयासको रुपमा हेरिएको छ ।

आर्टेमिस १ नाम दिइएको यो मिसन तेस्रो प्रयासमा उडान भरेको हो । यस अघि गत अगस्तमा दुई पटक अन्तिम समयमा मिसन रोकिएको थियो ।  

यदि तीन हप्ताको परीक्षण उडान सफल भयो भने, रकेटले चन्द्रमाको वरिपरि फराकिलो कक्षमा खाली चालक दलको क्याप्सुल बोकेर डिसेम्बरमा प्यासिफिकमा पृथ्वीमा क्याप्सुल फिर्ता गर्नेछ ।

वर्षौंको ढिलाइ र अर्बौं थप लागत पछि, अन्तरिक्ष प्रक्षेपण प्रणाली रकेट केनेडी स्पेस सेन्टरबाट उडाईएको छ । ओरियन क्याप्सुल रकेटको शीर्षमा राखिएको थियो, पृथ्वीको कक्षाबाट उड्न र उडानको दुई घण्टा भन्दा कममा चन्द्रमा तर्फ जान तयार थियो । यो मिसन अमेरिकाको प्रोजेक्ट एपोलोको अर्को चरण हो । १९६९ र १९७२ को बीचमा, १२ अन्तरिक्ष यात्रीहरू प्रोजेक्ट एपोलोमा चन्द्रमामा हिँडेका थिए ।

यो प्रक्षेपणले नासाको आर्टेमिस चन्द्रमा अन्वेषण अभियानको सुरुवात हो । यो नाम पौराणिक मान्यता अनुसार अपोलोकी जुम्ल्याहा बहिनीको नाममा राखिएको हो । नासाले २०२४ मा अर्को उडानमा आफ्ना चार जना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको वरिपरि पठाउने र त्यसपछि २०२५ मा मानिसहरूलाई त्यहाँ अवतरण गर्ने लक्ष्य राखेको छ ।

नासाले चन्द्रमामा आधार निर्माण गर्ने र २०३० को दशकको अन्त्य र २०४० को शुरुवातमा मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने योजना पनि बनाएको छ । नासा ले २१औं शताब्दीको लागि अपोलोको चन्द्रमा ल्यान्डर जस्तै स्टारशिपहरू विकास गर्न एलोन मस्कको स्पेसएक्सलाई भाडामा लिएको छ । नासाको चीनसँग प्रत्यक्ष प्रतिस्पर्धा छ, जुन मिशन चन्द्रमामा धेरै तीव्र गतिमा अघि बढिरहेको छ । यी दुईबीचको प्रतिस्पर्धाको नयाँ केन्द्र अब चन्द्रमा बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै