• २०८१ बैशाख १२ बुधबार

दिदी साराकै बाटोमा भाई इब्राहिम, करण जोहरको फिल्मबाट बलिवुड डेभ्यु गर्दै

kharibot

काठमाडौँ । बलिउड अभिनेता सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खानको बलिवुडमा डेभ्यु हुने भएको छ । इब्राहिम प्रायः आफ्नी दिदी सारा अली खानसँग वा पार्टीमा भेटिन्छन् । अब इब्राहिमले पनि दिदीको बाटो पछ्याउदै छिट्टै बलिउडमा डेब्यु गर्न लागेका छन् ।

चर्चित निर्माता निर्देशक करण जोहरले इब्राहिमलाई बलिवुडमा डेभ्यु गराउन लागेको रिपोर्ट आएको छ ।

मिडिया रिपोर्टका अनुसार इब्राहिम अली खानको डेब्यू फिल्म २०२३ मा हुनसक्ने बताइएको छ, जसलाई बोमन इरानीका छोरा कयोज इरानीले निर्देशन गर्ने बताइएको छ ।

फिल्मको कथा डिफेन्स फोर्सको वरिपरि घुम्ने र करण जोहरले निर्माण गर्ने बताइएको छ । तर, फिल्मको बारेमा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन । तर फिल्म ठूलो बजेटको हुने र इब्राहिमको चरित्र पनि विशेष हुने विश्वास गरिएको छ ।

इब्राहिम अली खानले अझै ठूलो पर्दामा डेब्यू नगरे पनि लामो समयदेखि पर्दा पछाडि काम गरिरहेका छन् । वास्तवमा, इब्राहिम अली खानले उनलाई करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा असिस्ट गरेका थिए । यस फिल्ममा रणवीर सिंह, आलिया भट्ट, शबाना आजमी, जया बच्चन र धर्मेन्द्रको अभिनय रहनेछ । फिल्म अर्को वर्ष अप्रिल २८ मा हलमा रिलिज हुनेछ ।

सैफ अली खान र अमृता सिंहका दुई सन्तान इब्राहिम अली खान र सारा अली खान छन् । धेरै वर्षअघि सम्बन्धविच्छेद गरेपछि दुवै अलग भएका थिए । सारा र इब्राहिम धेरै पटक बुबा सैफसँग देखिएका छन् र उनीहरुको सम्बन्ध राम्रो छ । साराले २०१८ मा बलिउडमा डेब्यू गरेकी थिइन् र अहिलेसम्म धेरै फिल्ममा देखिइसकेकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै