• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकामा प्रविधि चोरी गरेको आरोपमा चिनियाँ गुप्तचर अधिकारी २० वर्ष जेलको सजाय

kharibot

वासिङ्टन । अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० 
वर्षको जेल सजाय सुनाएको छ ।

विश्वको अग्रणी विमान इन्जिन निर्मातामध्येको एक ‘जीई एभिएसन’ र इन्जिन विकासमा जीईसँग काम गरिरहेको फ्रान्सको सफ्रान समूहबाट व्यावसायिक गोपनीयता चोरी गर्न चिनियाँ राज्य समर्थित पाँच वर्षीय योजनामा प्रमुख भूमिका खेलेको आरोप अभियुक्त जु यान्जुनमाथि लगाइएको थियो ।

सन् २०१८ को अक्टोबरमा ओहायोको सिनसिनाटीस्थित संघीय अदालतमा जीई एभिएसनमा मुद्दा दायर गरिएका दुई गुप्तचर अधिकारीसहित ११ जना चिनियाँ नागरिकमध्ये उनी एक थिए । चीनको विदेश मन्त्रालयले बिहीबार शुमाथि लगाइएको आरोपलाई ‘विशुद्ध बनावटी’ भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “हामी अमेरिकालाई कानुनअनुसार निष्पक्ष रूपमा मुद्दा चलाउन र चिनियाँ नागरिकको वैध अधिकार र हितको रक्षा गर्न आग्रह गर्दछौं । चीनको राज्य सुरक्षा मन्त्रालयका गुप्तचर अधिकारीलाई अप्रिल २०१८ मा बेल्जियममा पक्राउ गरिएको थियो । उनलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएको थियो ।

उनलाई नोभेम्बर ५, २०२१ मा आर्थिक जासूसीको प्रयास, व्यापार गुप्त चोरीको प्रयास र दुई सम्बन्धित षडयन्त्रको अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्याय मनत्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुले अमेरिकी उड्डयन कम्पनीहरूलाई निशाना बनाएका थिए, चीन भ्रमणका लागि कर्मचारी भर्ती गरेका थिए र चीनको सरकारका तर्फबाट उनीहरूको स्वामित्वको जानकारी मागेका थिए । ओहायोका संघीय अभियोजक केनेथ पार्करले भने, “यो घटनाले स्पष्ट सन्देश दिएको छ- हामी अमेरिकी व्यापार गोपनीयता चोर्न खोज्ने जो कोहीलाई पनि जवाफदेही बनाउनेछौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै