• २०८१ बैशाख ७ शुक्रबार

टर्कीका धार्मिक नेता अदनानलाई ८ हजार ६५८ वर्षको जेल सजाय !

kharibot

काठमाडौँ । टर्कीका धार्मिक नेता अदनान ओक्टारलाई एक अदालतले ८ हजार ६५८ वर्षको जेल सजाय सुनाएको छ ।

अदनान ओक्तार नामका कट्टर इस्लामिक नेतालाई प्रायः आधुनिक लुगा लगाएका महिलाहरूले घेरिएको अवस्थामा देखिन्थ्यो । अदनान एक कट्टर नेताका रूपमा परिचित थिए । उनी महिलासँग टिभी कार्यक्रम गर्थे जसमा उनले रूढीवादी मूल्य मान्यताको प्रचार गर्थे । अदनानले ‘हारुन याह्या’ नामबाट विश्वका धेरै भाषामा धेरै पुस्तक पनि प्रकाशित गरेका छन् ।

सन् २०१८ मा प्रहरीले अदनानको एउटा भिलामा छापा मारेर इस्लामिक नेता र उनका सयौं समर्थकलाई पक्राउ गरेको थियो । उनले इस्लामिक गुटको नेता भनी आपराधिक गिरोह चलाउने गरेको प्रहरीले खुलासा गरेको छ । उनको अनलाइन ए९ टिभी च्यानल पनि बन्द भएको थियो । जनवरी २०२१ मा, अदनानलाई १० विभिन्न आरोपमा दोषी ठहर गरिएको थियो । यसमा आपराधिक गिरोह चलाउने, राजनीतिक र सैन्य जासुसीमा संलग्न हुने, नाबालिगहरूको यौन शोषण, बलात्कार, ब्ल्याकमेल र यातना जस्ता अपराधहरू पर्छन् ।

अदालतले सुनायो ८६५८ वर्षको सजाय

आरोपहरूमा अमेरिकामा आधारित मुस्लिम विद्वान फेतुल्लाह गुलेनको नेटवर्कलाई समर्थन गर्ने पनि समावेश छ, जसलाई टर्कीले २०१६ मा असफल कु षड्यन्त्रको आरोप लगाएको थियो । त्यसपछि अदनानलाई १०७५ वर्षको जेल सजाय सुनाइएको थियो, तर त्यो फैसला उच्च अदालतले उल्टाएको थियो । पुनः सुनुवाइको क्रममा, इस्तानबुलको उच्च फौजदारी अदालतले अदनानलाई यौन दुर्व्यवहार र बन्धकलगायतका धेरै आरोपमा ८ हजार ६५८ वर्षको जेल सजाय सुनाएको स्थानीय मिडियाले जनाएका छन् ।

न्यायाधीशलाई भने- मेरो एक हजार प्रेमिका छन्

समाचार एजेन्सी अनाडोलुका अनुसार अदालतले अन्य १० संदिग्धलाई पनि ८,६५८ वर्षको जेल सजाय सुनाएको छ । टर्कीको डेली सबाका अनुसार, अदालतले ९,८०३ वर्ष ६ महिनामा दिएको सजायको अघिल्लो रेकर्डभन्दा बढी छैन तर अझै पनि यो देश र विश्वकै सबैभन्दा लामो समयमध्ये एक हो । ट्रायलको क्रममा अदनानले धेरै गोप्य र भयानक यौन अपराधको खुलासा गरे । अदनानले न्यायाधीशसमक्ष आफ्ना करिब १००० गर्लफ्रेन्ड रहेको बताएका थिए ।

घरबाट ६९ हजार गर्भनिरोधक चक्की फेला

अदनान पहिलो पटक सन् १९९० को दशकमा विश्वसामु देखा परेका थिए । उनी एक गुटका नेता थिए जुन धेरै पटक सेक्स स्क्यान्डलमा फसेको थियो । यसको ए९ टिभी च्यानलले २०११ मा  टर्कीका धार्मिक नेताहरूबाट कडा निन्दा गर्दै अनलाइन प्रसारण गर्न थालेको थियो । सुनुवाइका क्रममा एक महिलाले अदनानले धेरै महिलालाई बलात्कार गरेको र गर्भनिरोधक औषधि सेवन गर्न बाध्य पारेको आरोप लगाएकी थिइन् । छापा मारेर अदनानको घरबाट ६९ हजार गर्भनिरोधक चक्की बरामद गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै