• २०८१ बैशाख ७ शुक्रबार

पोर्चुगलले विश्वकप जितेमा तुरुन्तै सन्यास लिन्छु- रोनाल्डो

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलले विश्वकप जितेमा आफुले तुरुन्तै सन्यास लिने बताएका छन् ।

चर्चित पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले आफु थप २-३ बर्ष खेल्न चाहेपनि पोर्चुगलले विश्वकप जितेमा आफुले तुरुन्तै सन्यास लिने बताएका हुन् । 

रोनाल्डोले विश्वकपमा फ्रान्स, अर्जेन्टिना, जर्मनी, ब्राजिल बलियो टिम रहेको पनि बताएका छन् ।

उनले आफु ४० बर्षको हुदासम्म खेल्न चाहेको बताउदै विश्वकप भने सम्भवत आफ्नो यो नै अन्तिम हुनसक्ने बताएका छन् । 

रोनाल्डोले अब अर्को विश्वकप खेल्न धेरै कठिन हुने बताउदै आफु थप २-३ बर्ष खेल्न चाहेको बताए ।

रोनाल्डोले अन्तर्वार्तामा बोलेको विषय अहिले चर्चाको विषय बनेको छ ।  उनले म्यानचेस्टर युनाइटेडको व्यवस्थापन र प्रशिक्षक एरिक टेन ह्यागको पनि आलोचना गरेका छन् । 

उनले विश्वकप पछि म्यानचेस्टर युनाइटेडबाट खेल्ने नखेल्ने निश्चित नरहेको बताएका छन् । उनले आफु क्लबलाई सफलताका लागि सहयोग गर्ने चाहेको भएपनि सोचे जस्तो हुननसकेको बताएका छन् ।  रोनाल्डोले युनाइटेडमा आफुलाई राम्रो व्यवहार नभएको बताएका छन् । 

साथै युनाइटेडमा निरन्तरता नभएमा आफु नयाँ चुनौतीको लागि पनि तयार रहेको भन्दै रोनाल्डोले आफुले अझै पनि गोल गर्न र टिमलाई जिताउन सक्ने क्षमता रहेको बताएका छन् ।  

रोनाल्डोको अन्तर्वार्तापछि भने म्यानचेस्टर युनाइटेडले उनीसँगको सम्झौता रद्ध गर्ने तयारी गरेको मिडिया रिपोर्ट बाहिर आएको छ । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै