• २०८१ बैशाख ८ शनिबार

बक्स अफिसमा दृश्यम-२ को उत्कृष्ट शुरुवात

kharibot

काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको फिल्म दृश्यम- २ ले रिलिजको पहिलो दिन राम्रो शुरुवात गरेको छ ।

सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेलले भारतीय बक्स अफिसमा राम्रो शुरुवात गरेको हो ।

दृश्यम- २ ले रिलिजको पहिलो दिन १५ करोड ३८ लाख कलेक्सन गरेर उत्कृष्ट शुरुवात गरेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार दृश्यम-२ भारतमा ३३०२ स्क्रिनमा रिलिज भएको छ ।

दृश्यम-२ अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रपछि यस बर्ष बलिवुडमा पहिलो दिन दोस्रो धेरै कमाई गर्ने फिल्म बनेको छ । ब्रह्मास्त्रले पहिलो दिन ३६ करोड कमाई गरेको थियो ।

यस फिल्ममा अजय देवगन र अक्षय खन्नाको प्रमुख भूमिका रहेको छ भने यस फिल्मलाई अभिषेक पाठकले निर्देशन गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै