• २०८१ बैशाख १२ बुधबार

ट्वीटरमा फर्किने भए डोनाल्ड ट्रम्प

kharibot

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटरमा पुनरागमन हुने भएको छ ।

एलन मस्क ट्वीटरको मालिक बनेलगत्तै ट्रम्प ट्विटरमा फर्किने अनुमान गरिएको थियो । अब मस्कले ट्रम्पको ट्वीटरमा पुनरागमन हुने जानकारी दिएका छन् । 

मस्कले ट्रम्पलाई ट्वीटरमा फर्काउने या नफर्काउने भन्ने विषयमा एक पोल गरेका थिए । सो पोल अनुसार अत्यधिकले फर्काउने पक्षमा आफ्नो राय व्यक्त गरेपछि मस्कले  ट्विटरमा ट्रम्प खाता पुनःस्थापना गरिने बताएका छन् ।

ट्रम्पका ट्वीटरमा ८० मिलियन भन्दा बढी फलोअर रहेका थिए । २०२० को निर्वाचनमा पराजय अस्वीकार गरेर सत्तामै रहन खोजेका ट्रम्पले अमेरिकी राजधानीमा दंगा गराएको आरोप लागेपछि ट्वीटरसहितका सामाजिक संजालले उनलाई प्रतिबन्ध लगाएका थिए ।

सामाजिक संजालबाट प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सामाजिक संजाल पनि खोलेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै