काठमाडौँ । मलेसियामा भएको आम निर्वाचनमा पुर्व प्रधानमन्त्री महाथिर मोहमदको जमानत जफत भएको छ ।
९७ बर्षिय महाथिरले शनिबार भएको आम निर्वाचनमा लज्जास्पद हार बेहोरेका हुन । मलेसियाको २२ बर्ष प्रधानमन्त्री बनेका महाथिरलाई आधुनिक मलेसियाको विकास पिता समेत भनिन्छ ।
साथै यस निर्वाचनमा उनको पार्टीका कुनै उम्मेदवारले पनि जित हासिल गर्न नसकेको अल जजिराले उल्लेख गरेको छ ।
२००३ मा अप्रत्याशित रुपमा राजनीतिमा सन्यास लिएका महाथिरले २०१८ मा प्रधानमन्त्री बन्दै पुनरागमन गरेका थिए ।