• २०८१ बैशाख ६ बिहीबार

पहिलो पटक विश्वकप फुटबलमा महिला रेफ्री, को को छन् ?

kharibot

काठमाडौँ । फिफा पुरुष विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् ।

कतारमा आजदेखि हुने विश्वकप फुटबल प्रतियोगिताका लागि ३६ रेफ्री छनोट गरिएको छ । तीमध्ये तीनजना महिला रेफ्री रहेका छन् ।

विश्वकप खेलाउने महिला रेफ्रीमा जापानकी ३६ बर्षिय यामाशिता योशिमी, रावन्डाकी ३४ बर्षिय सलिमा मुकानसांगा र फ्रान्सकी ३९ बर्षिय स्टेफनी फ्रापार्ट रहेकी छन् । जापानकी यामाशिताले दोस्रो पटक विश्वकपमा खेल संचालन गर्न लागेकी छन् । उनले यस अघि २०१९ को महिला फुटबल विश्वकपको संचालन गरेकी थिइन् । साथै उनले २०२० को ओलम्पिक खेल जुन २०२१ मा सम्पन्न भएको थियो सो खेलमा अमेरिका र स्विडेनबीचको खेल संचालन गरेकी थिइन् ।

त्यस्तै कतारमा विश्वकप खेलाउने अर्की महिला रेफ्री रुवान्डाकी सालीमा मुकानसांगा हुन् । उनी २०१२ देखि फिफासँग जोडिएकी छन् । उनले यसअघि २०१९ को महिला विश्वकप र टोकियोमा सम्पन्न २०२० को ओलम्पिक प्रतियोगिता संचालन गरेकी थिइन् ।

त्यस्तै कतार विश्वकपमा रेफ्रीको भूमिका निभाउने तेस्रो महिला फ्रान्सकि स्टेफेन फ्रापार्ट हुन् । फ्रापार्ट फिफाको रेफ्री प्यानलमा चर्चित नाम हो । उनले २०१९ को महिला विश्वकपको फाइनल खेल संचालन गरेकी थिइन् । साथै उनले २०२० को पुरुष च्याम्पियन्स लिगको खेलमा रेफ्री गरेर नयाँ इतिहास बनाएकी थिइन् । उनी पुरुष फुटबलको च्याम्पियन्स लिगमा रेफ्री गर्ने पहिलो महिला रेफ्री समेत बनेकी थिइन् ।     

यसबाहेक, ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरिन नेस्बिट पनि कतार विश्वकप फुटबलमा फिफाले तोकेका ६९ सहायक रेफ्री मध्ये रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै