काठमाडौँ । विश्वकप फुटबल अन्तरगत साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको छ ।
समुह सी अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
साउदी अरेबियाका लागि सालेह अल्शेरी र सालेम अल्डावासरीले एक एक गोल गरेका थिए । साउदी अरेबियाले खेलको ४८औं र ५३औं मिनेटमा एक एक गोल गरेको थियो ।
यस अघि खेलको १०औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीलाई लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
यो हारसँगै अर्जेन्टिनाको लगातार ३६ खेलमा जितको सिलसिलामा ब्रेक लागेको छ । यो हारले अर्जेन्टिना समुह सी मा संकटमा परेको छ । यो जितपछि समुह सी मा साउदी अरेबियाले महत्वपूर्ण ३ अंक बटुलेको छ ।