चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन-२ बाट प्रतिनिधिसभामा शानदार जित हासिल गरेका छन् ।
लामिछानेले कुल ४९ हजार २६१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनले काँग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १७० मतान्तरले पराजित गरेका छन् ।
श्रेष्ठले १५ हजार ९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका कृष्णभक्त श्रेष्ठले १४ हजार ६४९ मत प्राप्त गर्दै तेस्रो भएका छन् । उनी यसअघि यसै क्षेत्रबाट विजयी भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा यो छैटौं जित हो । यस अघि काठमाडौँमा ४ र ललितपुरमा एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।