• २०८१ बैशाख ८ शनिबार

साउदीले दियो अर्को आकर्षक अफर, के गर्लान रोनाल्डो ?

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबले आकर्षक रकम सहित प्रस्ताव गरेको मिडिया रिपोर्ट सार्बजनिक भएको छ ।

द टेलिग्राफले साउदी अरेबियाको क्लब अल हिलालले रोनाल्डोलाई १५१ मिलियन भन्दा बढी बार्षिक पारिश्रमिक दिने गरि यस अघि गरेको प्रस्तावलाई फेरी अफर गर्ने तयारी गरेको उल्लेख गरेको छ ।

रोनाल्डोले यस अघि पियर्स मोर्गनसँगको अन्तर्वार्तामा पनि साउदी अरबबाट आकर्षक प्रस्ताव आएको स्वीकार गरेका थिए ।

अहिले म्यानचेस्टर युनाइटेड छोडेर फ्री-एजेन्टमा रहेका रोनाल्डो अब कुन क्लबमा जादैछन भन्ने चासो रहेको बेला यस्तो रिपोर्ट आएको हो ।

साउदी अरेबियाले २०३० को विश्वकप आयोजनाको प्रस्ताव गर्न लागेको छ । यसैबीच रोनाल्डोलाई प्रमुख चेहेरा बनाएर फिफामा विश्वकप आयोजनाको दाबि पेश गर्न साउदीले रोनाल्डोलाई भित्र्याउने प्रयास थालेको मिडिया रिपोर्टमा उल्लेख छ ।

तर रोनाल्डो भने अहिले पैसा भन्दा पनि च्याम्पियन्स लिग खेल्ने क्लबकै खोजीमा रहेका छन् । उनलाई युरोप र अमेरिका बिभिन्न क्लबले अफर गर्न सक्ने बताइएको छ । अहिले रोनाल्डोलाई बायर्न म्युनिख र चेल्सीले भित्र्याउन सक्ने बताइएको छ । यद्यपी प्रिमियर लिग क्लब न्यूक्यासलले पनि उनीप्रति चासो देखाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

तर रोनाल्डोले भने सम्भवत आफ्नो अन्तिम विश्वकप रहेकाले त्यसप्रति ध्यान केन्द्रित गर्ने र विश्वकपपछि मात्र नयाँ क्लब बारे निर्णय लिने बताइएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै