• २०८१ बैशाख ८ शनिबार

विश्वकपमा स्वीजरल्याण्डको विजयी शुरुवात

kharibot

काठमाडौँ । विश्वकप फुटबलमा स्वीजरल्याण्डले विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा स्वीजरल्याण्डले क्यामरुनलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

स्वीजरल्याण्डको जितमा खेलको ४८औं मिनेटमा ब्रील एम्बोलोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

क्यामरुनमाइ जन्मिएर अहिले स्वीजरल्याण्डका लागि खेल्न ब्रीलले आफ्नो जन्मदेशविरुद्ध गोल गरेपछि सेलिब्रेसन गरेका थिएनन् ।

विश्वकपमा समुह जी मा रहेको स्वीजरल्याण्डले यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यस समुहमा ब्राजिल र सर्बिया पनि छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै