• २०८१ बैशाख ७ शुक्रबार

आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न

kharibot

काठमाडौँ । काठमाडौँस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोन मुरे र अभिभावकहरुको उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न भएको कलेजले जनाएको छ ।

सो दिक्षान्त कार्यक्रममा बिबिए, बिएचएम र बीएस्सी आइटी उत्तीर्ण ३०८ जना विद्यार्थी दिक्षित भएको कलेजले जानकारी दिएको छ ।

आइएएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धन कलेज संचालन गरिरहेको छ ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै