• २०८१ बैशाख ५ बुधबार

फुटबल खेलको क्रममा झडप: ६ खेलाडीले पाए रातो कार्ड !

kharibot

काठमाडौँ । अहिले फुटबल विश्वकप कतारमा जारी रहेको छ । तर विश्वकपमा भाग नलिएको रुसमा फुटबल खेलको क्रममा भएको घटनाले सबै फुटबल प्रेमीको ध्यान त्यता तिर तानेको छ ।

रुसमा एक फुटबल खेलको क्रममा यस्तो दृश्य देखियो, जुन कुनै पनि फुटबल फ्यानले हेर्न चाहँदैनन् । खेलका क्रममा दुई टोलीका खेलाडीहरू आपसमा भिड्दै एकअर्कालाई लात र मुक्का प्रहार गरेका थिए । म्याच रेफ्री र अन्य अधिकारीहरूले हस्तक्षेप गर्ने प्रयास गरे, तर सबै प्रयासहरू असफल भए । अन्तमा ६ खेलाडीलाई रातो कार्ड देखाइयो । जेनिट र स्पार्टकबीचको खेल पेनाल्टी सुटआउटमा पुग्यो र यहाँ जेनिटको टोलीले ४-२ को अन्तरले जित हासिल गर्यो ।

रुस कपको यो खेलमा दुवै टोलीले पुरै खेलमा गोल गर्न सकेनन् । यस्तो अवस्थामा दुवै टोलीका खेलाडी इन्जुरी टाइममा गोल गर्ने प्रयासमा थिए । खेलको ९०औं मिनेटमा इन्जुरी समयमा स्पार्टकको टोलीले आफ्नै हाफबाट फ्री किक लिएको थियो । यस क्रममा, क्विन्सी प्रोम्स र विलियम ब्यारियोस एक अर्कासँग टक्कर भयो । दुई खेलाडीबीच केही कुराकानी पनि भएको थियो । त्यसपछि दुवै खेलाडी एकअर्कासँग भिड्न थाले । उनका साथी खेलाडी र स्टाफ पनि दुवैको समर्थनमा पुगेका थिए । त्यसपछि दुई टोलीबीच भिडन्त भएको थियो । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फुटबल मैदानमा देखिएका यी दृश्यहरु निकै दुखद छन् । यो झगडाका क्रममा रेफ्रीले खेलाडीलाई एक एक गरेर रातो कार्ड देखाउँदै थिए । उनले एकपछि अर्को गर्दै ६ खेलाडीलाई रातो कार्ड देखाए । रेफ्रीलाई देखेर फ्यानहरुले सामाजिक सञ्जालमा रमाइलो गरिरहेका छन् ।

झगडा रोड्रिगो प्राडोद्वारा सुरु भएको थियो। जेनिटका लागि ५५ नम्बरको जर्सीमा खेल्ने प्राडो पहिलो पटक झगडामा सामेल भए र झगडा सुरु गरे तर रेफ्रीले उनलाई रातो कार्ड दिएनन् । यस क्रममा खेलमा रेफ्रीको नियन्त्रण पूर्ण रूपमा समाप्त भयो । दुवै टोलीका सब्सटिच्युट खेलाडी र प्रशिक्षक पनि यो झगडामा सामेल भएका थिए । अझ रोचक कुरा के छ भने रातो कार्ड पाएका ६ खेलाडी प्लेइङ ११ मा परेका थिएनन् । दुवै टोलीका तीन–तीन खेलाडीलाई रातो कार्ड दिइएको छ ।

अन्त्यमा खेल पेनाल्टी सुटआउटमा सकिएको थियो । जहाँ जेनिटले ४-२ को जित निकाल्दै आफ्ना समर्थकहरूलाई खुसी मनाउने मौका दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै