• २०८१ बैशाख १३ बिहीबार

स्थानीयसँगको झडपमा काठमाडौँ महानगरका उपरीक्षक पाण्डेसहित डेढ दर्जन घाइते

kharibot

काठमाडौं । काठमाडौँ महानगरले थापाथलीस्थित बागमती किनारका सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थिति तनावग्रस्त बनेको छ ।

महानगरले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् ।

स्थानीयले ढुंगामुढा गर्दा नगर उपरीक्षक पाण्डेसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

महानगरले सुकुम्वासी बस्ती हटाउन नगर प्रहरी परिचालिन गरेपछि स्थानीयले ढुंगामुढा गरेका थिए । अहिले स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि अवरोधको अवस्था सिर्जना भएको हो ।

स्थानीयले घरेलु हतियार, इँटा ढुंगा लिएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले स्वतन्त्र भनेर बालेनलाई भोट दिएको भएपनि उनले आफुहरुको घरनै भत्काएको आरोप लगाएका छन् । प्रदर्शनकारीहरुले बालेनविरुद्ध नाराबाजी समेत गरेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै