• २०८१ बैशाख ८ शनिबार

मतदाता शिक्षाको अभावमा ठुलो संख्या मत बदर: ल्याप्चे लगाएका मतपत्र भेटिए

kharibot

काठमाडौं । आमनिर्वाचन २०७९ मा बदर मतको संख्या उच्च देखिएको छ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा देशभर लाखौंको संख्यामा मतपत्र बदर भएका हुन् । डोटी, मकवानपुर र नुवाकोटलगातका जिललाहरुमा ठूलो संख्यामा मतपत्र बदर भएको पाइएको हो । 

ठूलो मात्रामा मतपत्र बदर हुनुमा मतदाता शिक्षाको अभाव नै प्रमुख कारण देखिन्छ ।  देशका शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढीजसो मतपत्र बदर हुनुले पनि मतदाता शिक्षाको पहुँचमा समस्या देखिँदा यस्तो भएको आंकलन गर्न सकिन्छ । 

आमनिर्वाचनमा नुवाकोटमा झण्डै ७ प्रतिशत मत बदर भएको पाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा खसेको एक लाख ३० हजार १०१ मत खसेको थियो । उक्त मतगणनामा आठ हजार ९१९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । 

देशभर यसरी मतपत्र बदर हुनुमा निर्वाचन आयोग र राजनीतिक दल तथा उम्मेदवारहरूले मतदाता शिक्षा प्रभावकारी बनाउन मेहनत नगरेको देखिन्छ । मतदान गर्ने सही तरिका सिकाउन नसक्दा र निर्वाचनमा खटिएका मतदान अधिकृतको लापरबाहीले बदर मत संख्या अपेक्षाभन्दा धेरै देखिएको छ । 

आमनिर्वाचन २०७९ मा मत बदर हुनुमा मतदाताले एकभन्दा बढी चुनाव चिह्नमा संकेत गरेको, स्वस्तिक छापको सट्टा ल्याप्चे लगाएको, मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको, मतदातालाई संघ र प्रदेशको एउटै मतपत्र एकभन्दा बढी पटक दिएको लगायतका कमजोरी देखिएका निर्वाचन आयोगले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै