• २०८१ बैशाख ८ शनिबार

साउदी अरबबाट खेल्ने तयारीमा रोनाल्डो !

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडसँग सम्झौता रद्ध गरेका क्रिस्टियानो रोनाल्डो साउदी लिग खेल्ने रिपोर्ट सार्बजनिक भएको छ ।

स्पेनिस मिडिया आउटलेट मार्काले रोनाल्डोले साउदी क्लब अल नासरसँग दुई बर्षको सम्झौता गर्ने तयारी गरेको उल्लेख गरेको छ ।

रोनाल्डोलाई अल नासरले बार्षिक २०० मिलियन युरोको अफर गरेको उल्लेख गरिएको छ । यसमा रोनाल्डोको पारिश्रमिक र विज्ञापनसम्बन्धि सम्झौता समावेश रहेको बताइएको छ । अल नासरले रोनाल्डोलाई साढे २ बर्षका लागि प्रस्ताव गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यस अघि साउदी अरबका खेलकुदमन्त्रीले पनि रोनाल्डोलाई साउदी लिगमा भित्र्याउन सबै प्रयास गर्ने बताएका थिए ।

रोनाल्डोलाई अहिलेसम्म कुनै ठुलो क्लबले अफर नगरेको र साउदी क्लबको अफर नै अहिलेसम्म रोनाल्डोलाई आएको ठुलो र आकर्षक प्रस्ताव रहेको छ ।

साउदी अरबले आफ्नो लिगलाई विश्व स्तरमा पुर्याउन खेलाडीको रुपमा मात्र नभएर समग्र साउदी फुटबलको  प्रमुख चेहेरा बनाउन रोनाल्डोलाई भित्र्याउने प्रस्ताव गरेको बताइएको छ । 

छिमेकी देश कतारले विश्वकप आयोजना गरेकाले साउदी अरबले विश्वकप आयोजनाको प्रस्ताव फिफामा पेश गर्न रोनाल्डोलाई प्रमुख चेहेरा बनाउने रणनीति समेत बनाएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै