• २०८१ बैशाख ४ मंगलबार

नकआउटमा अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्ने

kharibot

काठमाडौँ । जारी विश्वकपमा अहिलेसम्म १० देश नकआउट चरणमा पुगेका छन् ।

समुह चरणका अन्तिम खेलहरु अहिले जारी रहेको बेला नेदरल्याण्डस, सेनेगल, इङल्याण्ड, अमेरिका, अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स, अस्ट्रेलिया, ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा पुगेका हुन् ।

अब नकआउट चरणमा नेदरल्याण्डसले अमेरिकाको सामना गर्ने भएको छ भने इङल्याण्डले सेनेगलको सामना गर्ने भएको छ ।

त्यस्तै फ्रान्सले पोल्याण्डलाई प्रतिद्वन्दी पाएको छ भने अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्ने छ ।

अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा पुगेको छ भने अब नकआउटमा अस्ट्रेलियाको सामना गर्ने छ ।

अस्ट्रेलिया विश्वकपको इतिहासमा दोस्रो पटक राउण्ड १६ मा पुगेको छ ।

यसअघि २००६ मा राउण्ड १६ मा पुगेको थियो । २००६ को राउण्ड १६ मा अस्ट्रेलिया इटालीसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

२०१८ को विश्वकपमा अर्जेन्टिना राउण्ड १६ मा फ्रान्ससँग ४-३ गोल अन्तरले पराजित हुदै बाहिरिएको थियो ।

यसैबीच लियोनेल मेसीले पोल्याण्डविरुद्ध पेनाल्टी मिस गरेकोमा आफु अहिलेसम्म दुखी रहेको प्रतिक्रिया दिएका छन् । मेसीले राउण्ड १६ मा अस्ट्रेलिया कडा प्रतिद्वन्दी रहेको बताउदै अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने बताएका छन् । उनले आफुहरुले  अस्ट्रेलियाविरुद्धको खेलका लागि सोहि किसिमले खेलको तयारी गर्ने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै