• २०८१ बैशाख १३ बिहीबार

ट्वीटर र एप्पलको विवाद मिल्यो !

kharibot

काठमाडौँ । आईफोन निर्माता कम्पनि एप्पल र ट्विटरबीचको मतभेद समाधान भएको छ ।

एलन मस्कले बुधबार एप्पलका सीईओ टिम कुकसँग भेट गरेपछि यो विवाद समाधान भएको बताएका छन् ।

मस्कले एप्पल इंकको एप स्टोरबाट ट्विटरलाई हटाउने विषयको अन्योलता हटेको र अब एप्पलको एप्स स्टोरबाट ट्वीटर नहट्ने बताएका छन् ।

मस्कले टिम कुकसँगको भेट बारे जानकारी दिदै कुकले यो विषय कहिल्यै नसोचेको स्पष्ट पारेका छन् ।

सोमबार मस्कले एप्पललाई आफ्नो एप स्टोरबाट ट्वीटर ब्लक गर्ने धम्की दिएको आरोप लगाउँदै एप्पलले ट्विटरमा विज्ञापन पनि बन्द गरेको बताएका थिए ।

मस्कले एप्पलले ट्वीटरलाई कन्टेन्ट मोडरेसनको मागमा दबाब दिइरहेको आरोप लगाएका थिए । एप्पलले उठाएको कदम असामान्य छैन, किनकि अन्य कम्पनीहरूमा पनि नियमहरू लगाउने प्रयासहरू बारम्बार भएका छन् । यस अन्तर्गत उनले ग्याब र पार्लर जस्ता एप हटाएका छन् । पार्लरलाई एप्पलले २०२१ मा पुनर्स्थापित गरेको थियो जब एपले यसको सामग्री र सामग्री मोडरेशन अपडेट गर्यो ।

साथै मस्क्ले एप्पल एप स्टोरबाट अन्य एप डाउनलोड गर्दा लाग्ने ३० प्रतिशत शुल्क लगाउने भन्दै आलोचना समेत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै