• २०८१ बैशाख ८ शनिबार

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

kharibot

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

 शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले न्युज कारखानालाई जानकारी दिए ।  

हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको समेत प्रहरी निरीक्षक घिमिरेले बताए । मृतक घिमिरेको परिवार समेत घटनास्थलमा पुगिसकेका छन् ।

प्रहरीले मुचुल्का तयार उठाएपछि शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै