• २०८१ बैशाख १३ बिहीबार

सुर्खेतमा जिप दुर्घटना- ६ जना घाइते

kharibot

काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । 

जीपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ । 

घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ  भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै