• २०८१ बैशाख १३ बिहीबार

ठिक भए नेइमार, दक्षिण कोरियाविरूद्ध खेल्ने

kharibot

काठमाडौँ । घाइते रहेका नेइमार ब्राजिलको राउण्ड १६ को खेलका लागि उपलब्ध हुने भएका छन् ।

ब्राजिलका प्रशिक्षक टिटेले राउण्ड १६ मा दक्षिण कोरियाविरुद्ध नेइमार उपलब्ध हुने जानकारी दिएका छन् ।

नेइमार ब्राजिलको विश्वकपको पहिलो खेलमा सर्बियाविरुद्ध घाइते भएपचि ब्राजिलका त्यसपछिका खेलहरु गुमाएका छन् ।

नेइमार ठिक भएपछि ब्राजिल टिमको प्रशिक्षण पनि फर्किइसकेका छन् । 

ब्राजिल समुह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएपनि राउण्ड १६ मा समुह जी को विजेता हुदै राउण्ड १६ मा पुगेको छ । ब्राजिल जारी विश्वकपमा आफ्ना प्रमुख दुई खेलाडी गाब्रियल जिसस र एलेक्स टेल्लेस घाइते भएपछि संकटमा परेको बेला नेइमार मैदानमा फर्किने भएपछि उत्साहित भएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै