• २०८१ बैशाख १३ बिहीबार

पाँच सयभन्दा बढी युक्रेनी इलाकाहरू विद्युतविहीन

kharibot

कीभ । बढ्दो पूर्वाधार हवाई हमलापछि आइतबार ५०० भन्दा बढी युक्रेनी इलाकाहरू बिजुलीविहीन बनेका छन् । 

"शत्रुले देशको अत्यावश्यक पूर्वाधारमा आक्रमण गर्न जारी राखेको छ। हाल हाम्रो देशका आठ क्षेत्रका ५०७ स्थानमा विद्युत आपूर्ति बन्द गरिएको छ," उप आन्तरिक मन्त्री येभगुनी येनिनले युक्रेनी टेलिभिजनलाई बताएका छन् ।

खार्किभ क्षेत्रमा रुसको आक्रमणबाट छुट्टिएका ११२ गाउँहरू ऊर्जा सङ्कटबाट सबैभन्दा बढी प्रभावित छन्, ।

युक्रेनी अधिकारीहरू, माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किम लगायतले एक पटक फेरि नागरिकहरूलाई जाडोको शुरुवातीतिर नै अवस्था लगातार बिग्रँदै गएको र नियमित बिजुली कटौतीको सामना गर्नु पर्ने अवस्था आएकाले त्यसका लागि तयार हुन आग्रह गरेका छन् ।

बारम्बार दैनिक बिजुली कटौतीले लाखौं मानिसहरूलाई  ऊर्जाविहीन भएका छन् । यहाँको  बाहिरी तापक्रम हालका दिनहरूमा शून्य सेल्सियस (३२ फरेनहाइट) भन्दा तल झरेको छ।

साथै विद्युतीय आपूर्तिको समस्याले विभिन्न किसिमका नेटवर्कमा समस्या थपिएको छ । जारी युद्ध दशौं महिनामा प्रवेश गरेको छ । स्थिति भयावह छ । 

निजी युक्रेनी ऊर्जा सञ्चालक डीटीईकेले बिहीबार रुसले अक्टोबरमा युक्रेनी ऊर्जा सुविधाहरूलाई निशाना बनाउन थालेपछि युक्रेनको लगभग आधा बिजुली आपूर्ति बिग्रिएको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै