• २०८१ बैशाख १३ बिहीबार

हेनरीको रेकर्ड तोड्दै जिरोउड बने फ्रान्सका लागि धेरै गोल गर्ने खेलाडी

kharibot

काठमाडौँ । ओलिभर जिरोउड फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

विश्वकपको राउण्ड १६ मा पोल्याण्डविरुद्ध गोल गर्दै ३६ बर्षिय जिरोउडले फ्रान्सका लागि सबैभन्दा बढी ५२ गोल गर्दै नयाँ किर्तिमान बनाएका छन् ।

उनले ११७ खेल खेल्दै फ्रान्सका लागि ५२ गोल गरेका छन् । उनले फ्रान्सका थिएरी हेनरीको ५१ गोलको रेकर्डलाई तोडेका हुन् । हेनरीले १२३ खेलमा ५१ गोल गरेका थिए ।

अहिले खेलिरहेका खेलाडीहरुमा एन्टोनी ग्रीजम्यानले फ्रान्सका लागि ११४ खेलमा ४२ गोल गरेका छन् भने करिम बेन्जमाले ७२ खेलमा ३७ गोल गरेका छन् ।

त्यस्तै किलीयन एम्बाप्पेले ६३ खेलमा ३३ गोल गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै