• २०८१ बैशाख ८ शनिबार

पोल्याण्डलाई हराउदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सले आइतबार भएको राउण्ड १६ को खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

फ्रान्सको जितमा किलीयन एम्बाप्पेले दुई गोल गरेका थिए भने ओलिभर जिरोउडले एक गोल गरेका थिए ।

फ्रान्सका लागि जिरोउडले खेलको ४४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । जिरोउडले यो गोलपछि फ्रान्सका लागि सबैभन्दा बढी ५२ गोल गर्ने खेलाडी बनेका छन् । उनले थिएरी हेनरीको ५१ गोलको रेकर्डलाई तोडेका छन् ।

त्यस्तै एम्बाप्पेले खेलको ७४औं र ९१औ मिनेटमा गोल गरेका थिए । एम्बाप्पेले यस विश्वकपमा यो सहित ५ गोल गरेका छन् । साथै उनी विश्वकपमा गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् । साथै विश्वकपमा अहिलेसम्म एम्बाप्पेले गरेको यो नवौं गोल हो ।

त्यस्तै पोल्याण्डका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पेनाल्टी मार्फत गरेका थिए ।

यो हारपछि पोल्याण्डको विश्वकप यात्रा यहि टुंगिएको छ । अब फ्रान्सले क्वाटरफाइनलमा ईङल्याण्ड सेनेगलबीचको विजेतासँग खेल्ने छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै