• २०८१ बैशाख ८ शनिबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सयले बढेको छ । 

हिजो प्रतितोला ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार नौ सय पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार थियो ।     

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ ले बढेर एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै