• २०८१ बैशाख ५ बुधबार

साम कुरानमाथि आइपिलमा पैसाको वर्षा, पञ्जावले कीर्तिमानी रकममा भित्र्यायो

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन इतिहासमा इङल्याण्डका अलराउन्डर साम कुरान अहिलेसम्मकै सबैभन्दा महंगा खेलाडी बनेका छन्  । 

शुक्रबार जारी आइपिएल अक्सनमा कुरानलाई पञ्जाव किंग्सले अहिलेसम्मकै धेरै १८.५ करोड भारतीय रुपैयाँमा किनेपछि यस्तो किर्तिमान बनेको हो  । 

कुरान केहि साता अघि सम्पन्न टी-२० विश्वकपका उत्कृष्ट खेलाडी बनेका थिए । आइपिएलमा पञ्जावबाट कुरान यस अघि खेलेका थिए भने अब फेरी पञ्जावमा फर्किएका छन् । कुरानका लागि मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सले पनि अक्सनमा भाग लिएपनि पञ्जावले बाजी मारेको थियो ।

आइपिएलको इतिहासमा यसअघि सबैभन्दा धेरै रकम २०२१ मा राजस्थान रोयल्सले क्रिस मोरिसका लागि १६ करोड ५० लाख खर्च गरको थियो ।

त्यस्तै २०१५ मा भारतीय अलराउन्डर युवराज सिंहलाई तत्कालिन दिल्ली डेयरडेभिल्सले १६ करोडमा किनेको थियो ।

त्यस्तै २०२० मा अस्ट्रेलियाका पाट कमिन्सलाई कोलकोता नाइट राइडर्सले १५ करोड ५० लाखमा किनेको थियो भने गत बर्ष भएको मेगा अक्सनमा इशान किशनलाई मुम्बई इण्डियन्सले १५ करोड २५ लाखमा किनेको थियो ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै