नेजाको साधारणसभा तथा छैटौँ अधिवेशन वाशिंगटनको सियाटलमा

खरीबोट
ad

अमेरिका । अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजा) को  १२औँ साधारणसभा तथा छैटौँ अधिवेशन अमेरिकाको उत्तर पश्चिम भागमा रहेको वाशिंगटनको सियाटलमा हुने भएको छ ।

नेजा कार्यसमितिको हिजो बसेको बैठकले अधिवेशनका लागि सल्लाहाकार योगेश उपाध्ययको तर्फबाट मेरिल्याण्ड, क्षेत्रीय संयोजक किशन रेग्मीबाट टेक्सस, क्षेत्रीय संयोजक ध्रुव कुँवरबाट क्यालिफोर्निया र क्षेत्रीय संयोजक यम घिमिरेबाट वासिङटनको सियाटलमा आयोजना गर्न दाबी भएकोमा यस पटकको अधिवेशन वाशिंगटनमा गर्ने निर्णय गरेको हो ।

वार्षिक साधारण सभा तथा अधिवेशन हरेक पटक नयाँ नयाँ स्थानमा गर्दै नेजालाई समुदायमा लैजान पहल गर्ने योजना अनुसार सन् २०१४ मा टेक्ससको हयुजटन, २०१५ मा कोलोराडो, २०१६ मा लस एन्जल्स र २०१७ मा मेरिल्याण्ड-भर्जिनियाको डी.सी. मेट्रो एरियामा साधारणसभा गरिएकोमा यस पटक वासिङटनको सियाटलमा जुलाई महिनामा गर्ने निर्णय गरेको जनाएको छ ।

संस्थाले साधारणसभाको मिति अन्य सङ्घ-संस्थाको कार्यक्रमसँग नजुध्न्ने गरी गर्नु पर्ने हुँदा सो कुरालाई मध्येनजर गर्दै साधारणसभा तथा अधिवेशन सम्बन्धी विस्तृत विवरण दिने जनाएको छ । 
 

सम्बन्धित समाचार

नेजाको साधारणसभा तथा छैटौँ अधिवेशन वाशिंगटनको सियाटलमा

अमेरिका । अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजा) को  १२औँ साधारणसभा तथा छैटौँ अधिवेशन अमेरिकाको उत्तर पश्चिम भागमा रहेको वाशिंगटनको सियाटलमा हुने भएको छ । नेजा कार्यसमितिको हिजो

खराब मौसमका कारण तिलिचो आउनेजाने पर्यटक अलपत्र

मनाङ । विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ छ ।  विगतका वर्षमा भन्दा यसपटक बढी पर्यटक तिलिचो ताल पुगेका छन् । पर्यटकका लागि उपयुक्त मौसम भए पनि शुक्रबारबाट

जनप्रजातान्त्रिकका उपाध्यक्ष नेजारुल अन्सारी माओवादी केन्द्रमा प्रवेश

कठमाण्डौं । जनप्रजातान्त्रिक पार्टी नेपालका संस्थापक तथा उपाध्यक्ष नेजारुल अन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । असोज २ मा हुन गैरहेको स्थानीय तहको तेस्रो तथा अन्तिम चरणको चुनावको पूर्वसन्यामा वीरगंजमा