• २०८१ बैशाख ७ शुक्रबार

नेजाको साधारणसभा तथा छैटौँ अधिवेशन वाशिंगटनको सियाटलमा

kharibot

अमेरिका । अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजा) को  १२औँ साधारणसभा तथा छैटौँ अधिवेशन अमेरिकाको उत्तर पश्चिम भागमा रहेको वाशिंगटनको सियाटलमा हुने भएको छ ।

नेजा कार्यसमितिको हिजो बसेको बैठकले अधिवेशनका लागि सल्लाहाकार योगेश उपाध्ययको तर्फबाट मेरिल्याण्ड, क्षेत्रीय संयोजक किशन रेग्मीबाट टेक्सस, क्षेत्रीय संयोजक ध्रुव कुँवरबाट क्यालिफोर्निया र क्षेत्रीय संयोजक यम घिमिरेबाट वासिङटनको सियाटलमा आयोजना गर्न दाबी भएकोमा यस पटकको अधिवेशन वाशिंगटनमा गर्ने निर्णय गरेको हो ।

वार्षिक साधारण सभा तथा अधिवेशन हरेक पटक नयाँ नयाँ स्थानमा गर्दै नेजालाई समुदायमा लैजान पहल गर्ने योजना अनुसार सन् २०१४ मा टेक्ससको हयुजटन, २०१५ मा कोलोराडो, २०१६ मा लस एन्जल्स र २०१७ मा मेरिल्याण्ड-भर्जिनियाको डी.सी. मेट्रो एरियामा साधारणसभा गरिएकोमा यस पटक वासिङटनको सियाटलमा जुलाई महिनामा गर्ने निर्णय गरेको जनाएको छ ।

संस्थाले साधारणसभाको मिति अन्य सङ्घ-संस्थाको कार्यक्रमसँग नजुध्न्ने गरी गर्नु पर्ने हुँदा सो कुरालाई मध्येनजर गर्दै साधारणसभा तथा अधिवेशन सम्बन्धी विस्तृत विवरण दिने जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै