मनको आँखाले संसार हेरेकी सरिता 

खरीबोट
ad

काठमाडौँ । गोरखाको सुलिकोट गाँउपालिका ८ पन्दु्रङमा बाबु ईश्वर र आमा कमला लामिछानेकी जेठी छोरीको रुपमा जन्मिएकी सरिता लामिछाने जन्मजात दृष्टिविहीन हुन् । 

विभिन्न देशमा समेत पुगिसकेकी सरिताको तेस्रो आँखा अर्थात् मनको आँखाले उनले संसार देखिसकेकी छन् । उनको दुई बहिनी र एक भाई छन् । अमरज्योति मावि लुइँटेल पालुङटारबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण उनले मदन भण्डारी मेमोरियलबाट प्लसटु, महेन्द्ररत्न ताहाचलबाट स्नातकर त्रिविबाट नेपालीमा स्नातकोत्तर गरेकी छिन् । सरिताले समाजशास्त्र र ग्रामीण विकासमा पनि स्नातक गरेकी छिन् । उनको बुबा गाँउकै स्कुलमा पढाउनुहुन्छ । 

प्रयत्न नेपालकी संस्थापक सरिता नेपाल युवा संस्था सञ्जालको कार्यकारणी सदस्य, नेपाल अपाङ्ग महिलासंघको सदस्य समेत रहेकी उनी अपाङ्गता भएका क्षेत्रमा काम गर्ने महिलामा सक्रिय  रुपमा काम गर्दै आएकी छिन् । उनले प्रयत्न नेपाल वि.सं. २०७२ सालमा स्थापित गरेकी हुन् । सन् २०१३ मा चेन्ज फ्युजन नेपालको कार्यक्रममा कविताको साथ उपस्थिति हुन भनिएकामा उनी सामाजिक विषयमा दृष्टिविहीन महिलालाई हुने यौन हिंसाको विषयमा बोल्न पुग्छिन् । त्यही कार्यक्रममा उनले थाहा पाउँछिन्, नेपालमा पनि आत्मरक्षाको तालिम दिने संस्था छ । उनीसहित चार जना साथी मिलेर आत्मरक्षा तालिमको योजना बनाएर ११ जनाको टोली आत्मरक्षाको तालिम लिन पुग्छन् । र त्यो एकदमै प्रभावकारी लागेपछि उनको मनको आँखाले प्रयत्न नेपालको अवधारणा ल्याउँछ र उनीसहित अनिता सिग्देल, सृष्टि केसीलगायतका सात जना साथीहरुको सक्रियतामा संस्थाको जन्म हुनपुग्छ ।  

दृष्टिविहीन महिलाहरुको क्षेत्रमा काम गर्नको लागि स्थापना भएको संस्था हो प्रयत्न नेपाल । दृष्टिविहीन महिलाहरुको सशक्तीकरणको लागि काम गर्ने कार्य गर्दछ । आत्मरक्षाको तालिम दिने काम गर्दै आएका छन् । 

 ‘चेन्ज फ्युजन नेपाल’कै ‘युथ एक्सन फन्ट’को सहयोगमा ‘दृष्टिविहीन महिलाहरुको रोजगारीको अवस्था’मा उनले सर्वे गरेपछि महिला दृष्टिविहीनहरुको क्षमतामा विश्वास नगर्ने, दृष्टिविहीन महिलाको लागि काम गर्नको लागि उपर्युक्त वातावरणको सिर्जना नभएको, उनीहरुसँग सीप नभएको कारण काम पाउन नसकेको धेरैजसो पढेलेखेका शिक्षित दृष्टिविहीन महिलाहरुले पनि शिक्षण पेशालाई मात्र लिएका जस्ता कुरा तथा चुनौतीहरु देखिसकेपछि मान्छेका अनेकथरि बहानाबाजीको बेवास्ता गर्दै उनले आफ्नो ड्रिम प्रोजेक्ट पूरा गर्न केरलाका कआन्थारिक इन्स्चिच्युटमा सात महिने तालिमको लागि आवेदन दिन्छिन् । कआन्थारिक जानुअघि उनले खुला महिला र अपांगता तीनैवटै कोटामा प्राथामिक तहको लागि नाम निकालेकी थिइन् । धेरैले उनलाई  शिक्षण पेसा नै अपनाएर सुरक्षित हुने कुरामा जोड दिएता पनि उनले आफ्नो इच्छा पूरा गर्दछिन् ।

सानैदेखि होस्टेलमा बसेर पढेकी उनी विभिन्न कार्यक्रममा जाने अवसर पाएकाले नै आफुलाई सामाजिक कार्यमा रुचि रहेको बताउँछिन् । र त्यही तालिमको प्रेरणाबाट नै उनले नेपालमा आएर दृष्टिविहीन महिलाको लागि सहयोग गर्ने गर्दछन् । उनीहरुले नेपालमा दृष्टिविहीन महिलाहरुलाई दैनिक जीवन यापनलाई कसरी सहज बनाउने भन्ने खालका कुराहरु, अन्तर्वाता कसरी दिने भन्ने कुराहरु, कसरी सक्षम हुने, कसरी आत्मरक्षा गर्नेजस्ता तालिम दिने गर्दछन् ।  

अहिलेसम्म प्रयत्न नेपालले दृष्टिविहीन भएका सात जना महिलाहरुलाई जागिर र तीन सय ७० जना महिलालाई प्रत्यक्ष सहयोग गरेको छ । 

महिलालाई जोड 

दृष्टिविहीन महिलाहरु यौन हिंसामा परेका छन् । महिला भएकै कारण धेरै हिंसा सहनुपरेको छ । महिलालाई सशक्तीकरण गर्न आवश्यक छ, उनीहरु पनि विचराको पात्र होइनन् । उनले २०१३ मा गरेको सर्वेक्षणले दृष्टिविहीन महिलाहरुको रोजगारीको स्थितिमा महिलाको अवस्था कमजोर देखिएपछि महिला सशक्तीकरणको लागि के गर्ने त अवसर पाए शारीरिक अपाङ्गता भएकाहरु पनि सक्षम छन् भन्ने कुरालाई कसरी स्थापित गर्न सकिन्छ भन्ने कुराले सताउन थाल्यो र उनले उनले पेशाको विकल्पहरु देख्न थालिन् । 

परिवारजनको सहयोग, विभिन्न कार्यक्रम र व्यक्तिहरुको प्रभावले उनले चेन्ज फ्युजनसँगको आत्मरक्षाको तालिमपछि प्रयत्न नेपालको सोच आएको हो । 

यसको लागि स्रोत कसरी जुटाउनु हुन्छ भन्दा उनी भन्छिन्, ‘हामी प्रायः काम सहकार्यमा गर्छौँ, एकतामा नै बल हुन्छ ।’ ब्रेल विथ आउट वोदर जर्मन, हौसला क्रिएटिभ कान्थारी फाउन्डेसन स्विट्जल्याण्डसँग सहयोग लिइएको उनको भनाइ छ । 

अबको योजना 

मेन्सुरेशन हाउजिङ मेनेजमेन्ट वर्कसप गोरखाको श्री अमरज्योति माविमा, विपत् व्यवस्थापनलगायतको कार्य सिन्धुपाल्चोकमा गर्ने, दृष्टिविहीन विद्यार्थीको लागि गोरखाको थुमी र सिन्धुलीमा ब्रेललिपिको कपीसहित शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रमहरु तय भइसकेको बताउँदै उनले योजना सुनाइन्, “काठमाडौंमा सिग्नेचर गर्न सिकाउँदै छौं, किनभने डिग्री पढिसकेका दृष्टिविहीनहरुले पनि ल्याप्चे लगाउनुपर्ने अवस्था छ । ल्याप्चेमा मात्र सीमित हुन नपरोस् भनेर यो तालिम दिन लागिएको हो ।” उनले अझै थपिन्, “प्रायोजक मिल्यो भने हामी दृष्टिविहीन महिलाहरुलाई खाना बनाउने तालिम दिने योजनामा छौ ।” सरिता दुःखी पनि हुन्छिन्, “सामान्यतया छ सात वर्षदेखि नै सिकाइने खाना बनाउने कुरा ठुलो हुदा समेत दृष्टिविहीनहरुलाई सिकाइँदैन ।”

स्रोत जुटेपछि ग्यास बाल्न, आफ्नो लुगा धुन, सफा हुन, मिलाएर कपडा लगाउन सबैका परिवारले सानैदेखि सिकाउनुपर्नेमा उनको जोड छ । यसबाहेक आत्मरक्षाको तालिम दिन पनि उत्तिकै आवश्यक रहेको उनी ठान्छिन् । शारीरिक अपाङ्गता भएका मानिसहरु पनि स्वावलम्बी हुने खालका घरपरिवारबाट नै नसिकाइनेमा उनको गुनासो छ । दुई पटक विपत् व्यवस्थापनको तालिम, दुईपटक आत्मरक्षाको तालिम, पेपर ब्याग बनाउने तालिम लगायतका तालिम गराएका छन् । 

नेत्रहीनसँग मिलेर उनीहरुलाई नै पढाउनको लागि होस्टेलको लागि महोत्तरीको गौरी डाँडाको त्यही एउटा स्कुलमा मात्र महिलाहरुलाई राखिन्छ । जसमा आठ जना दृष्टिविहीनलाई पढाउनको लागि सहयोग गरिएको छ । 

नेपालमा दृष्टिविहीनको अवस्था 

एक आफैँमा दृष्टिविहीन नारी हुँदा हुँदै पनि कुनै सबलांग पुरुषले समेत गर्न नसकेको काम गरेर अरुलाई देखाइदिनु उनको साहस हो । नेपालमा विभिन्न संस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुको लागि विशेष कार्यक्रमहरु ल्याएसँगै  मानिसहरुमा चेतनास्तर बढेको उनको अनुभव छ । अपाङ्गमैत्री स्कुल खुल्नथालेका छन् ।

प्रविधि पहुँचमा वृद्धि हुँदै गए पनि चुनौतीहरु पनि उस्तै रहेको उनी सुनाउँछिन् । सबैको लागि उपयुक्त पढ्ने ठाउँको व्यवस्था हुनसकेको छैन । यौनजन्य तथा घरेलु हिंसाका शिकार हुने गरेका छन् । दृष्टिविहीन महिलाहरुलाई बिहे गरेर छोड्ने गरेको धेरै भेटिनथालेको छ । सीप सिक्ने अवसर पाएका छैनन् । धेरै बेरोजगार छन् ।  

अपाङ्ग मैत्री संरचनाको निर्माण गर्न आवश्यक छ । दृष्टिविहीन मात्र नभएर सबै प्रकारका सारिरिक अपाङ्गता भएका भएका मानिसहरुको अर्थपुर्ण सहभागिताको सुनिश्चित गरिनु पर्दछ । नीतिनिर्माण कार्यमा प्राथमिकता दिँदै प्रभावकारी कार्यान्वयन गरिनु आवश्यक छ ।
 

सम्बन्धित समाचार

'अश्लिल' होइन सपना देख्नेहरुको संघर्षको कथा हो 'कथा काठमाडौँ' : संगीता श्रेष्ठ, निर्देशक

पछिल्लो समय चर्चामा रहेको फिल्म ‘कथा काठमाडौं’की निर्देशक संगीता श्रेष्ठ मिडियाकर्मी पनि हुन् । विगत १५ वर्षदेखि निर्देशनको क्षेत्रमा काम गर्दै आएकी श्रेष्ठले ७० वटाभन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेकी

साइकल चढेर नेपालको फन्को मार्दै ओम प्रकाश 

काठमाडौं । हरेक मान्छेका आफ्नै इच्छा हुन्छ । त्यही इच्छा पूरा गर्न मानिसले के गर्दैन ? जे पनि गर्न तयार हुन्छ। धेरैले पैसा कमाउँँदा सुख र सन्तुष्टि मिल्ने ठान्छन् तर जीवनमा

नेपालमा अल्जाइमर रोगीको तथ्यांक नै छैन  : डा. बराल

आफ्नो नामै बिर्सिने, उमेर बिर्सिने, आफ्नै परिवारको सदस्यलाई बिर्सिने, भर्खरै खाएको बसेको कुरा पनि बिर्सिने, बानी भएपछि के होला ? यस्तो अवस्थाले सबैलाई असजिलो बनाउँछ नै । हो यही अवस्थालाई

असल दाम्पत्य जीवनयापनमा तीजले राम्रो प्रभाव छोड्छ :  प्राडा कौण्डिन्न्यायन 

वि.सं. २०२४ सालमा तनहुँको चुँदी रम्घामा जन्मिएका हुन् आमोदवर्धन कौण्डिन्न्यायन (आचार्य) । उनले पूर्वमध्यमा तह भारतको बनारसबाट, उत्तरमध्यमा त्रिभुवन विश्वविद्यालयबाट, शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) राजधानीको वाल्मीकि क्याम्पसबाट विशिष्ट श्रेणीमा