• २०८१ बैशाख १२ बुधबार

विनाशको बाटोमा ब्रह्माण्ड : नेगेटिभ इनर्जीको फोकासँग ठोक्किएर ब्रह्माण्ड नै विनाश हुने चेतावनी ! 

kharibot

एउटा आधारभूत अणु जसले आम कुराहरुमा संसारमा महत्व राख्छ, त्यो कुनै दिन विनाशको बाटोमा पुग्नसक्ने भौतिकशास्त्रीहरुले खुलासा गरेका छन् ।

विज्ञहरुका अनुसार हाम्रो संसार एक दिन तथाकथित गड पार्टिकल (भगवत् अंश) अर्थात् हिग्स बोसोनबाट जनित नेगेटिभ इनर्जी (विपरीत शक्ति)को फिँजसँग ठोक्किएर विनाश हुनसक्नेछ ।

वैज्ञानिकहरुका अनुसार संसार धिमागतिमा मृत्युको बाटोमा अघि बढिरहेको खुलेको दाबी गरिएको छ । एउटा अँध्यारो शक्तिले संसारलाई चिस्यानमा लैजाने र संसारलाई संरचनारहित बनाइदिने दाबी गरिएको हो । 

तर नयाँ अध्ययनले भने संसारको अन्त्य विष्फोटनद्वारा आगामी करिब १० ह१३९ वर्षमा हुने देखाएको बताइएको छ । यस्तो विनाशको प्रक्रिया ब्ल्याकहोलको विस्तारसँगै सुरु भइसकेको पनि खुलाइएको छ । हार्वर्ड युनिभर्सिटीका अध्येताहरुले अणुहरुको समूह र तिनीहरुको क्रियाबारे यसअघि नै पत्ता लागेका तथ्यहरुको अनुसन्धानबाट यस्तो आश्चर्यजनक तथ्यको उत्खनन गरेका हुन् । 

हिग्स बोसोनको समूह जुन सन् १९७० मा सैद्धान्तिक र सन् २०१२ मा तथ्यगतरुपमा पत्ता लगाइएको विशाल हाड्रोन कोलिडर जुन १२५ गिगाइलेक्ट्रोनभोल्ट्स (यो भनेको फिजिक्सको पार्टिकल एक्सिलेरेटरमा प्रयोग भएको शक्ति)युक्त रहेको विश्वास गरिएको छ ।

विज्ञहरुले अहिलेको हिग्स बोसोन कुनै दिन परिवर्तन हुनसक्ने बताएका छन् । यदि यस्तो आँकलन सत्य भएमा त्यसले हाम्रो संसारमा जीवन सृजना गर्ने प्रक्रियालाई नै छिन्नभिन्न पारिदिनेछ । यसले ठूलो मात्रामा विपरीत शक्तिको फिँज सृजना गर्न सक्ने बताइएको छ, यस्तो भएमा भौतिकसम्बन्धी सिद्धान्तहरुले काम गर्नेछैनन् । 

यस्तो फिँज संसारलाई नढाकेसम्म उत्पन्न भइराख्नेछ । न्यु साइन्टिष्टसँग हार्वर्डका एक अध्येता एन्डर्स एन्डेरसनले गरेको कुराकानीलाई उद्धृत गर्दै डेलीमेलले लेखेअनुसार अध्येताहरु ब्रह्माण्डको अन्त्य कहिले हुनेछ भन्ने मिति निकाल्न जुटेका छन् । 

यस्तो विपरीत शक्तिको फिँजले प्रकाशको गतिसँग मिल्नसक्ने र यो आएको पनि हामीले देख्न नसक्ने हुनसक्ने उनको भनाइ छ ।

अहिलेको भौतिक बुझाइले डार्क इनर्जी अर्थात् अँध्यारो शक्तिको सञ्चलनबारे केही भन्न नसक्ने पनि अध्येताहरु बताउँछन् । विज्ञहरुका अनुसार यस्तो अन्त्यमा ब्ल्याकहोल प्रमुख कारक हुने समेत बताइएको छ ।

ब्ल्याकहोलहरु निकै घना र तिनीहरुको गुरुत्वाकर्षण निकै बलियो रहने भएकाले प्रकाश समेत ब्ल्याकहोलबाट बाहिरिन नसक्ने हुन्छन् । तिनीहरुले गुरुत्वको प्रबल स्रोतका रुपमा काम गर्छन् भने तिनीहरु धूलो र ग्यासले जकडिएका हुनसक्छन् । ब्रह्माण्डमा थुप्रै ब्ल्याकहोल र सुपरम्यासिभ ब्ल्याकहोलहरु रहेको विश्वास गरिन्छ । 

दुर्हाम विश्वविद्यालयका रुथ ग्रेगरी जो यस अध्ययनमा संलग्न थिएनन्, उनले एउटा माइक्रोस्कोपिक ब्ल्याकहोल घेरिएको स्पेस टाइमको घुमाउरोपना देखाएका छन् जसले हिग्स बोसोनको नाश सुरु हुनसक्नेछ । यसलाई ब्रह्माण्डको पृथ्वीबाट एउटा चम्किलो टुक्राजस्तो देखिन्छ जुन हाम्रो सौर्यप्रणाली र तारामण्डलबाटै पर रहेको मानिन्छ । 

ब्रह्माण्डलाई १३.८ बिलियन प्रकाशवर्षको दूरीमा पनि अवलोकन गर्न सकिन्छ तर महाविष्फोटनदेखि ब्रह्माण्डको विस्तारलाई आधार मानेर गरिने हिसाबले हेर्न मिल्ने ब्रह्माण्ड भनेको ९२ बिलियन प्रकाश वर्ष रहेको छ । 

त्यस्तै, सन् २०११ मा अक्सफोर्ड विश्वविद्यालयले गरेको ब्रह्माण्डको आकारलगायत सम्पूर्ण परिणामको तथ्यांकगत विश्लेषणअनुसार यसको आकार करिब ७ ट्रिलियन प्रकाश वर्षको छ ।

यसको मतलब हिग्स बोसोनको दुर्घटना पृथ्वीसम्म उच्च रहेको बताइएको छ । कतिपयले यस्तो दुर्घटना पहिले नै भइसकेको हुनुपर्ने समेत आँकलन गरेका छन् । 
विज्ञहरुले समयानुकूल रुपमा आगामी दिनमा हुने बताएका छन् । यो फिजिकल रिभ्यु डीमा प्रकाशित भएको थियो ।

डेली मेलबाट भावानुदित ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै