• २०८१ बैशाख ४ मंगलबार

एमालेको प्रदेश ७ को बैठक जारी : निर्वाचनको समीक्षा हुदै 

kharibot

धनगढी । नेकपा (एमाले) को सात नम्बर प्रदेश स्तरिय संगठन कमिटीको बैठक दुई दिनदेखि जारी रहेको छ । 

एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीका अनुसार बैठकमा हालै भएको प्रतिनीधि सभा र प्रदेशसभा निर्बाचनको समिक्षा भइरहेको छ । 

बैठकमा पार्टी एकिकरण र अव संगठन परिचालन सम्बन्धमा पनि छलफल भएको छ । यस्तै गरेर निर्बाचित जनप्रतिनीधिबाट लिइने लेबी बारे पनि छलफल भइरहेको कार्यालय सचिव सुवेदीले बताए । 

कतिपय जनप्रतिनीधिले पार्टीसंग समन्वय नगरेर काम कार्वाही गरेको बारे बैठकमा गम्भीर चर्चा भएको एमाले स्रोतको भनाइ छ । तर सचिव सुवेदीले हार्दिकताका साथ भइरहेको बैठकमा केही ठाउँमा स्थानीय पार्टी र जनप्रतिनीधिका बीचमा समन्वय नभएकोले चाडै प्रशिक्षण कार्यक्रम आयोजना गरेर समस्या समाधान गर्र्ने सम्भावना रहेको जानकारी दिए । 

कतिपय विषयमा जिल्ला अध्यक्षहरुले लिखित प्रतिवेदन बैठकमा पेश गरेको बताइएको छ । 

बैठक एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक भीमबहादुर रावलको अध्यक्षतामा भइरहेको छ । रावलले सो अवसरमा मुलुकको समसायिक राजनीतिक अवस्था बारे जानकारी दिएका छन । बैठकमा बैकल्पिक पोलिटव्यूरो सदस्य तथा प्रदेशका सहसंयोजक कर्णबहादुर थापा, सात नम्बर प्रदेशबाट प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषदका सदस्यहरु र नौ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ । 

हरेक विषयमा मसिनो ढंगले छलफल भइरहेकोले बैठकमा उठेका विषयमा आइतबार निर्णय हुने सम्भावना रहेको बताइन्छ । 

आगामी बैशाख ९ गते एमाले र माओबादीबीच पार्टी एकिकरण हुने भएकोले एमालेका नाममा हुने यो अन्तिम बैठक हुन सक्ने अनुमान पनि गरिएको छ । त्यसैले पनि बैठक विगतका तुलनामा अझ मसिनो ढंगले सञ्चालन भइरहेको सचिव सुवेदीले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै