• २०८१ बैशाख ११ मंगलबार

घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनीत

kharibot

काठमाडौं । पार्टी प्रवेश गरेको भोलिपल्टै नेता घनश्याम भुसाललाई नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

एकीकृत समाजवादीको शनिबार बिहान बसेको बैठकले भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको हो । उनी शुक्रबार मात्रै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

गत मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमाले छाडेर माओवादी केन्द्रको समर्थनमा उनी उम्मेदवार बनेका थिए । तर, उक्त निर्वाचनमा पराजित भएपछि एक्लिएका भुसाल माउ पार्टीबाट फुटेर बनेको एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

पार्टीबाट उम्मेदवार बन्न नपाएसँगै उनले एमाले परित्याग गरेको घोषणा गरेका थिए । एकीकृत समाजवादीले एमाले त्यागेका भुसाललाई पार्टीमा भित्र्याउन बुधबार साँझ स्वागत पत्र पठाएको थियो ।

एमाले छाडेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा रूपन्देही १ बाट प्रतिनिधिसभा चुनाव लडे पनि पराजित भएका थिए । निर्वाचनमा भुसाललाई तत्कालिन गठबन्धनले समर्थन गरेपनि उनी पराजित भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै