काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज ३-० ले जितेको छ ।
आइतबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले श्रीलंकालाई ३१७ रनको फराकिलो अन्तरले हराएको थियो ।
भारतले दिएको ३९१ रनको लक्ष्य पछाएको श्रीलंका २२ ओभरमा ७३ रन मात्र बनाएर अल आउट भएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाउदै ३९० रन बनाएको थियो । भारतका लागि विराट कोहलीले १६६ रन अविजित बनाएका थिए भने शुभमन गीलले ११६ रनको शतकीय पारी खेलेका थिए ।
यो जितपछि भारतले श्रीलंकाविरुद्धको सिरिज ३-० ले जितेको छ ।
यस अघि श्रीलंकाविरुद्धको टी-२० सिरिज २-१ ले जितेको थियो ।