• २०८१ बैशाख ४ मंगलबार

माइक्रोसफ्टले ११ हजार कर्मचारी हटाउदै

kharibot

काठमाडौँ । विश्वको नम्बर एक सफ्टवेयर कम्पनी माइक्रोसफ्टले हजारौं कर्मचारीलाई निकाल्ने भएको छ । मिडिया रिपोर्टका अनुसार  माइक्रोसफ्टले आफ्ना ११ हजार कर्मचारीहरूलाई हटाउने तयारी गरेको छ । यो माइक्रोसफ्टको कुल कर्मचारीको पाँच प्रतिशत हुने बताइएको छ ।

माइक्रोसफ्टले हटाउन लागेका धेरैजसो कर्मचारीहरू मानव संसाधन र इन्जिनियरिङ विभागहरूका हुनेछन् । कम्पनीको यो घोषणाले हजारौं कर्मचारीहरूलाई असर गर्ने भएको छ । अमेरिकी प्रविधिक क्षेत्रमा यो अहिलेसम्मकै ठुलो कर्मचारी कटौती हुने भएको छ । यसअघि अमेजन,

मेटा र ट्वीटर लगायत धेरै टेक कम्पनीहरूले ठुलो सङ्ख्यामा कर्मचारी कटौती गरिसकेका छन् ।

जुन ३० सम्म, माइक्रोसफ्टमा २ लाख २१ हजार पूर्ण-समय कर्मचारीहरू थिए, जसमा एक लाख २२ हजार अमेरिकामा र ९९ हजार अमेरिका बाहिर रहेका थिए ।

माइक्रोसफ्टले आफ्नो क्लाउड इकाई एजर (Azure) मा वृद्धि कायम राख्न दबाबमा छ भने पर्सनल कम्प्युटर बजारमा केही चौथाई गिरावटले विन्डोज र उपकरणहरूको बिक्रीमा गिरावट आएको छ । त्यसैगरी, कम्पनीले गत वर्ष जुलाईमा पनि केही कर्मचारीलाई निकालेको थियो । गत अक्टोबरमा पनि माइक्रोसफ्टले एक हजार कर्मचारी निकालेको थियो ।

माइक्रोसफ्टको यो कदमले प्राविधिक क्षेत्रमा रोजगारीको अभाव जारी रहने संकेत गर्न सक्छ । माइक्रोसफ्ट चुनौतीपूर्ण अर्थतन्त्रको सामना गर्ने सबैभन्दा नयाँ ठूलो प्राविधिक कम्पनी हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै