• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच टेलिफोन वार्ता

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । दुवैबीच सभामुखका विषयमा टेलिफोन वार्ता भएको देउवा निकट नेताले खरीबोटलाई जानकारी दिएका छन् ।

कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने निर्णय गरेपछि प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच टेलिफोन वार्ता भएको हो ।

देउवाले कांग्रेसले पनि सभामुखमा दाबी गर्ने बताउँदै सघाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको बुझिएको छ ।  प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा आफूलाई सघाउन माओवादीलाई आग्रह गरेको हो ।

देउवाको आग्रहमा प्रधानमन्त्री प्रचण्डले आफूले समझदारीका लागि अधिकतम प्रयास गर्ने आवश्वासन दिएको बुझिएको छ ।

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवारबारे टुंगो लगाएको छैन । कांग्रेसले सत्ता साझेदार दलबाट सहयोग नपाउने बुझेपछि विपक्षी गठबन्धन बनाउने प्रयास थालेको हो । सरकारमा सामेल नभएका दलहरुलाई साथमा लिएर कांग्रेसले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रतिनिधिसभाको सभामुखका लागि आज ४ बजेसम्म मनोनयन दर्ताको तालिका रहेको छ ।

त्यस्तै सत्ता साझेदार दलबाट एमालेका देवराज घिमिरेलाई सभामुखको उम्मेदवारमा आफ्नो मनोनयन दर्ता केहीबेर अघि मात्र गरिसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै