• २०८१ बैशाख १३ बिहीबार

अमेरिकी किम कार्दासियनले किनिन् बेलायती राजकुमारी डायनाको नेकलेस

kharibot

लसएन्जल्स । अमेरिकी टिभी रियालिटी स्टार र मोडल किम कार्दासियनले बेलायती राजकुमारी डायनाको एउटा नेकलेस किनेकी छन् ।

उनले यो नेकलेस लिलामीमा किनेकी हुन् । अक्सन हाउस सोथबीका अनुसार यो नेकलेसलाई सन् १९२० मा ब्रिटिस ज्वेलर गेरार्डले बनाएको थियो ।

यसलाई लन्डनमा एक लाख ६२ हजार ८ सय डलरमा बेच्नुपर्ने थियो । लिलामीमा चार बिडरले बोली लगाएका थिए, तर अन्तिम पाँच मिनेटमा किमले सर्वाधिक बढी बोली लगाएर किनेकी हुन् । यो नेकलेसलाई दिवंगत राजकुमारी डायनाले लगाएकी थिइन् । किमले हीराजडित निलम अट्टाल्लाह क्रस नेकलेस करिब एक लाख ९७ हजार चार सय ५३ डलरमा किनेकी हुन् ।

सोथबी लन्डनका ज्वेलरी प्रमुख क्रिस्टियन स्पोफोर्थले दिवंगत डायनाले लगाएको यो नेकलेस निकै कमैमात्र बजारमा आउने गरेको बताए ।

‘अट्टालाह क्रस जस्तो एक थान, जो निकै रङ्गीन, बोल्ड र विशेष छ’, उनले भनेका छन् । डायनाले पेडेन्टलाई सन् १९८७ मा एक च्यारिटी गालामा लगाएकी थिइन् ।

नेकलेस यसको वास्तविक मूल्यभन्दा दुई गुणा बढीले बिक्री भएको हो । किम यस्तो ऐतिहासिक वस्तु किन्न सोखिन छिन् ।

उनले मर्लिन मुनरीको एक लुगा पनि लिलामीमा किनेकी थिइन् । त्यो लुगालाई उनले मेट गालामा लगाएकी थिइन् ।

मर्लिनको यो ड्रेस विशेष हुने कारण यो होकि उनले सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा लगाएकी थिइन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै