• २०८१ बैशाख १३ बिहीबार

गाडीमा सिट बेल्ट नलगाएपछि बेलायती प्रधानमन्त्री सुनकलाई जरिवाना

kharibot

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई गाडीमा बसेको बेला सिट बेल्ट नलगाएको आरोपमा जरिवाना गरिएको छ ।

प्रधानमन्त्री सुनकको गाडीमा बसेको एक भिडियो सार्बजनिक भएपछि उनले सिट बेल्ट नलगाएको विषय उठेको थियो ।

सुनक उत्तरी ईङल्याण्डको लानकाशायरमा गएको बेला सो भिडियो खिचिएको बताइएको छ ।

प्रधानमन्त्री सुनकलाई सय पाउण्ड जरिवाना गरिएको छ । यो विषय अदालतमा गएमा ५०० पाउण्डसम्म जरिवाना हुने व्यवस्था रहेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री सुनकले आफ्नो गल्ति स्वीकार गरेको र नियम अनुसारको जरिवाना भुक्तानी गर्ने भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

सरकारमै भएको बेला सुनकमाथि जरिवाना लागेको यो दोस्रो पटक हो । यस अघि बोरिस जोन्सन प्रधानमन्त्री हुदा कोरोनाको समय पार्टी गरेको भन्दै उनलाई जरिवाना लगाइएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै