• २०८१ बैशाख ८ शनिबार

ठुला टेक कम्पनीले निकाले एक लाख कर्मचारी !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । गुगलका सीईओ सुन्दर पिचाईले १२ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेका छन् । गुगलको केस संसारका ठूला प्राविधिक कम्पनीहरूमा भएको कटौतीको सबैभन्दा पछिल्लो हो । पछिल्ला केही दिनमा माइक्रोसफ्ट, ट्विटर, फेसबुक जस्ता ठूला टेक कम्पनीहरूले आफ्ना हजारौं कर्मचारीलाई बर्खास्त गरेर घरमै बसाइदिएका छन् ।

अमेरिकी ठूला टेक कम्पनीहरूले पछिल्लो समय लगातार आफ्ना कर्मचारीहरूलाई निकालिरहेका छन् ।

ट्विटरले नोभेम्बर २०२२ मा, पहिलो ठूलो टेक कम्पनी ट्विटरले एकै साथ ३८०० कर्मचारीहरूलाई हटाउने घोषणा गर्‍यो । यो संख्या ट्विटरमा काम गर्ने कुल कर्मचारीको ५० प्रतिशत थियो । 

अचम्मको कुरा के छ भने यी कर्मचारीलाई बिना सूचना अचानक बर्खास्त गरिएको थियो ।

त्यस्तै फेसबुकले एकै पटक ११ हजार कर्मचारीलाई बर्खास्त गरेको थियो । नोभेम्बर २०२२ मा नै, फेसबुकको मूल कम्पनी मेटाले एकै झटकामा ११ हजार कर्मचारीहरूलाई हटाउने घोषणा गरेको थियो । मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना कर्मचारीहरूलाई कामबाट निकाल्ने बारे जानकारी दिँदै ठूला टेक कम्पनीहरू कठिन समयबाट गुज्रिरहेको बताएका थिए । कम्पनीलाई नाफा आर्जन गर्न गाह्रो भइरहेको बताउदै उनले यस्तो अवस्थामा कर्मचारीलाई बर्खास्त गर्ने यो निर्णय कम्पनीको बाध्यता बनेको बताएका थिए ।

ट्विटर र फेसबुक बाहेक, अमेजनले १८ हजार कर्मचारीहरूलाई हटाउने तेस्रो ठूलो कम्पनी बनेको थियो । 

विज्ञहरूले गुगलजस्ता कम्पनीमा काम छोड्ने प्रभाव कम हुने विश्वास व्यक्त गरे पनि डिजिटल विज्ञापनबाट हुने आम्दानीमा कमी आएपछि गुगल पनि कम्पनीमा कटौतीमा सामेल भएको छ । पछिल्लो ६ महिनामा अमेरिकी ठूला टेक कम्पनीहरूले विश्वभर एक लाख मानिसहरूलाई कामबाट निकालेका छन् ।

जसमा प्रमुख रुपमा अमेजनले १८ हजार, गुगलले १२ हजार, मेटाले ११ हजार, माइक्रोसफ्टले १० हजार, सेल्सफोर्सले ८ हजार, स्न्याप च्याटले ६४ सय, एचपीले ६ हजार, ट्वीटरले ३८ सय, सिगेटले ३ हजार कर्मचारी निकालेका छन् । 

अहिले कर्मचारी कटौतीको प्रमुख कारण आर्थिक मन्दीलाई मानिएको छ । कोरोना महामारी र रुस-युक्रेन युद्धका कारण अर्थतन्त्रले माग र आपूर्तिमा धेरै उतारचढाव देखेको छ । यसको प्रभाव चीन, बेलायत, अमेरिका, भारत र जापानजस्ता ठूला अर्थतन्त्रमा देखिएको छ ।

खाद्यान्न, औषधि र कच्चा तेल जस्ता अत्यावश्यक वस्तुहरूको आपूर्ति श्रृंखला बिग्रियो र माग बढ्यो । जसका कारण मुद्रास्फीति बढेको हो । 

सरल शब्दमा बुझ्ने हो भने, मुद्रास्फीति दर तोकिएको सीमाभन्दा बढी छ, महंगी पाँच गुणाले बढेको छ ।  यस्तो अवस्थामा खुद नाफा बढी हुने भएकाले कम्पनीहरूले आफ्नो खर्च घटाउने प्रयास गर्छन् । जसका कारण कम्पनीहरूले आफ्ना कर्मचारीको तलब कटौती गर्छन् वा निकाल्ने गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै