• २०८१ बैशाख ६ बिहीबार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

kharibot

काठमाडौं । सोमबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ । त्यस्तै आज छापावाल सुनको मूल्य तोलामा एक लाख पाँच हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तीन सय रुपैयाँ बढेर तोलाको एक लाख चार हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन एक लाख चार हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार एक हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै