• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेश सरकारको विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार विस्तारको तयारी भइरहेको बेला प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेटवार्ता गरेका हुन ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल प्रारम्भ गरेका प्रचण्डलाई प्रदेश प्रमुख शेरचनले बधाई दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै