• २०८१ बैशाख १२ बुधबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न

kharibot

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।   

यस सेल्स कन्भेन्सनमा देशभरका जोनल हेड ,प्रोभिन्स हेड ,रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्याउनुहुने करिब ३०० जना कर्मचारीहरुको उपस्थितिमा  प्राबिधिक तथा बजार ब्यवस्थापन कार्यक्षमता अभिबृद्धी तथा उत्प्रेरणामुलक तालिम दिइएको थियो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष ट्रेनिङ दिएका थिए ।

साथै कार्यक्रममा  ब्यबसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सन्चालनमा उत्कृस्ट योग्दान पुर्याउने कर्मचारीहरुलाई कम्पनिका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सम्मान गरेका थिए ।

कार्यक्रममा ३ जना जोनल हेड, ३ जना प्रोभिन्स हेड, ५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख, १२ जना कार्यालय सन्चालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटीभ गरी ४८ जना उत्कृस्ट कर्मचारीहरुलाई  सम्मान गरिएको थियो ।

यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो भब्य  सेल्स कन्भेन्सनबाट कर्मचारीहरुले कम्पनीको हालको अवस्था, कम्पनीको आगामी बजार विस्तार योजना र रणनिती सम्बन्धी बृहत ज्ञान हसिल गर्नुका साथै यस किसिमका सिप तथा प्रबिधी मैत्री तालिमबाट कर्मचारीहरु उत्साहित  र थप उर्जावान  भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए ।

साथै कर्मचारीको दक्षता अभिबृद्धी गर्नु नै कम्पनिको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरुमा पनि बिभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनिका प्रमुख कार्यकारी अधिकृत खत्रीले ब्यक्त गरे । 

कर्मचारीको प्रगती र हितको लागी सदैव आफु लगायत सन्चालक समिती  सकारात्मक रहेको साथै  मेहनत र लगनशिल भै कर्म गर्दै गए अवश्य  सफलता प्राप्त हुने कम्पनिका सन्चालक नन्द किशोर शर्माले प्रस्ट पारे ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आई एस ओ ९००१:२०१५ बाट सम्मानित भैसकेको छ । हाल कम्पनिको चु्क्ता पूँजी रु ४.५४ अर्ब रहको र कम्पनिले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै