• २०८१ बैशाख ४ मंगलबार

टी-२० क्रिकेटमा राशिद खानको ५०० विकेट पुरा

kharibot

काठमाडौँ । अफगानिस्तानका चर्चित स्पिनर राशिद खानले ५०० विकेट पुरा गरेका छन् । राशिद खानले आफ्नो क्यारियरमा अहिलेसम्म कुल ३६८ खेल खेल्दै ५०० विकेट लिएका हुन् ।

जारी दक्षिण अफ्रिका टी-२० मा एमआइ कप टाउनबाट खेल्दै प्रेटोरिया क्यापिटल्सका ३ विकेट लिएसँगै राशिदले आफ्नो क्यारियरको ५०० विकेट पुरा गरेका हुन् ।

राशिदले अफगानिस्तानबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ७४ खेलमा १२२ विकेट लिएका छन् भने बाँकी ३७८ विकेट फ़्रेन्चाइजी क्रिकेटमा लिएका हुन् । राशिदले विश्वका विभिन्न फ़्रेन्चाइजी क्रिकेट खेल्ने गर्दछन, जसमा आइपिएलमा हालगुजरात टाइटन्सबाट खेल्छन् भने बिग बाश लिगमा एडिलेड स्ट्राइकर्सबाट खेल्ने गर्दछन् ।

राशिदले२०१५ देखि अहिलेसम्म ३७१ खेलका ३६८ इनिंगमा ५०० विकेट लिएका छन् । उनको टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन १७ रन दिएर ६ विकेट लिएका छन् ।

राशिदको टि-२० मा औसत १८.१८ रहेको छ भने इकोनोमी रेट ६.३८ रहेको छ ।

राशिद टी-२० क्रिकेटका सबै खेलहरुमा धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन् ।

राशिदभन्दा अगाडी वेस्टइन्डिजका डवाने ब्राभो रहेका छन् । ब्राभोले अहिलेसम्म ५५६ खेल खेल्दै ६१४ विकेट लिएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै