• २०८१ बैशाख ७ शुक्रबार

मन्त्रिमन्डलमा बसेर संघियताको विरोध गर्न पाइदैन- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद भित्र बसेर संघियताको विरोध गर्न नपाइने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कानुनमन्त्री ध्रुबबहादुर प्रधानले संघियता खारेज गर्नुपर्छ भन्ने धारणा राखेको प्रति टिप्पणी गर्दै यो स्पष्टीकरणको विषय हुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदमा बसेर संघियताको विरोध गर्नु नैतिक र कानुन रुपले नहुने बताउदै यो विषय स्पष्टिकरणको विषय हुने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने- मेरै क्याबिनेटको एक जना मन्त्रीले संघियता खारेज गर्नुपर्छ भनेको सुने, यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ । मन्त्रिमन्डल बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यहरुलाई हुन्छ तर मन्त्रिमन्डलमा बसेर संघियताको विरोध गर्नु नैतिक र कानुनी रुपमा हुनसक्दैन । म प्रष्ट गर्न चाहन्छु । यो स्पष्टीकरणको विषय हुन्छ ।'  

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले कानुनमन्त्री ध्रुबबहादुर प्रधानले सार्बजनिक रुपमा संघियता खारेज गर्नुपर्छ भनेको विषयमा सरकारको धारणा मागेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै