• २०८१ बैशाख ८ शनिबार

 सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ- नेता पौडेल

kharibot

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै लैजानुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सुशासन, आर्थिक अवस्था तथा जनताको जीवनस्तर सुधार गर्न सबै दल एक हुनुपर्ने बताए ।

पछिल्लो समय मुलुको आर्थिक अवस्था कमजोर बनिरहेको तथ्याङ्कले देखाएको जनाउँदै  उनले भने, “पछिल्लो छ महिनामा १५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।पूरै बिग्रिसक्यो भनेर निराश नबनौँ, पूरै सप्रेको पनि छैन, सरकार र संसद्लाईसँगै जोडेर यी विषयको समाधान खोजिनुपर्छ ।” 

जनताको दैनिक समस्यालाई समाधान गर्ने दिशामा संसद्लाई लैजानुपर्नेमा जोड दिँदै उनले देशका समस्या समाधान गर्न प्राज्ञिक बहसको आवश्यकता औँल्याए ।

“सुुशासनको प्रत्याभूति गराउन, छिपछिपे अर्थप्रणालीलाई सुधार गर्न सहमति खोज्नुपर्छ”, उनले भने । जनताको घरघरमा लोकतन्त्र पुर्याउनुपर्ने सबैको दायित्व रहेको उनको भनाइ छ ।

संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “यो सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ, त्यसमा सभामुख र उपसभामुखको भूमिका महत्वपूर्ण छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै