• २०८१ बैशाख ७ शुक्रबार

आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न प्रधानमन्त्री आर्डर्नको अनुरोध

kharibot

वेलिङ्टन । प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न अनुरोध गरेकी छन् ।

प्रधानमन्त्रीका रूपमा देशवासीलाई अन्तिम सम्बोधन गर्दै उनले न्युजिल्याण्डका जनतालाई आफूले कहिल्यै नबिर्सने बताइन् ।

जनताका कामले नै आफू आनन्दित भएको उल्लेख गर्दै उनले उनीहरू आफ्नो स्मृतिमा सधैँ रहिरहने बताइन् । 

वामपन्थी राजनीतिमा विश्वव्यापी प्रतीक बनेकी उनले  आफ्ना उत्तराधिकारी क्रिस हिप्किन्सको उपस्थितिमा गरेकी बिदाई सम्बोधनमा आफ्ना भावनालाई दबाउन सकिनन् ।

गत आइतबार लेबर पार्टीका नेता क्रिसलाई उक्त दलका सांसदले प्रधानमन्त्रीमा सर्वसम्मतले चयन गरेका हुन् ।

बुधबार उनले शपथ लिने कार्यक्रम छ । निवर्तमान प्रधानमन्त्री आर्डनले आफू कतै नगएको र अझै पनि माउन्ट अल्बर्टको संसद् सदस्य हुने र राजनीतिको केन्द्रबाट टाढा नरहने बताइन् । 

बयालीस वर्षकी  आर्डर्नले कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्वादी आक्रमण  र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा देशको नेतृत्व गरीन् । पाँचवर्षको उनको कार्यकाल स्मरणीय रहेको निर्वाचित प्रधानमन्त्री हिप्किन्सले बताए  ।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उनि विश्वकै कान्छी महिला सरकार प्रमुख भएकी थिइन् । उनिले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताइन् । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उनि उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री भईन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै