• २०८१ बैशाख ७ शुक्रबार

९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा

kharibot

प्रतिनिधि तस्बीर

इस्लामावाद । त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ ।

देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति जनाएका देखाएको हो । 

ग्यालप र गिलानी सर्वेक्षणमा सहभागीमध्ये सात प्रतिशतले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउन नहुने जवाफ दिएका छन् । शहरी क्षेत्रका तीन प्रतिशतभन्दा बढी चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउने पक्षमा उभिएका प्रतिवेदनमा उल्लेख छ । चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने मानिसहरूको सबैभन्दा बढी प्रतिशत देशको पूर्वी पञ्जाब र दक्षिणी सिन्ध प्रान्तका छन् । 

उत्तरपश्चिमी खैबर पख्तुनख्वाबाट ९३ प्रतिशतले पनि चुरोटको  बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने जवाफ दिएका छन् । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका ८७ प्रतिशत मानिसले पनि सिगरेटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै